९ मंसिर २०८१, आईतवार
स्पेनिस क्लब रियल मड्रिड अहिले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थान लिन सक्ने खेलाडीको खोजीमा छ ।
रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्स गएपछि रियल उनको प्रतिस्थापनको खोजीमा रहेको छ ।
तर, बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले भने रोनाल्डोको स्थान लिन सक्ने खेलाडी पत्ता लगाई सकेका छन् ।
स्पेनिस पत्रिका डन बालोनका अनुसार मेस्सीले रियलमा रोनाल्डोको स्थान बार्सिलोनाका पुर्व फरवार्ड नेयमारले लिने बताएको उल्लेख गरेको छ ।
मेस्सीको उक्त भनाई आएसंगै रियलले ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्ने तयारी गरिरहेको समेत पत्रिकाले जनाएको छ । नेयमारका लागि रियलले ३ सय मिलियन युरो तिर्न तयार रहेको समेत जनाईएको छ ।
मेस्सीको यो भनाई शंका मात्र नभएर सत्य हुन सक्ने समेत जनाईएको छ । नेयमार र मेस्सी निकै असल साथी रहेको हुँदा धेरै रहस्य बाहिर आउने पत्रिकाले उल्लेख गरेको छ ।
रोनाल्डो यसै सिजन १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । जुन अनुबन्ध विश्वकै चौथौ महँगो अनुबन्ध हो । एजेन्सी ।