३० बैशाख २०८३, बुधबार
पोखराबाट जोमसोम जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको तारा एअरको नाइन–एनएइटी विमानको ब्ल्याक बक्स फेला परेको छ। दुर्घटनास्थलमा उद्धारका लागि खटिएको टोलीले मंगलबार बिहान जहाजको ब्ल्याक बक्स फेला पारेको हो।
विमानको पछाडिको भागमा राखिने एक प्रकारको रेकर्डर नै ब्ल्याक बक्स हो। ब्ल्याक बक्समा विमान चालक तथा एयर ट्राफिक कन्ट्रोलबीच भएको कुराकानी रेकर्ड हुन्छ। जहाज दुर्घटना हुनु अगाडिसम्मको आवाज रेकर्ड हुने भएकाले ब्ल्याक बक्सको सहायताले जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ।


दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए।
कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी गरिएको प्रजिअ शर्माले जानकारी दिए। तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।