८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले १२.५० प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको बैदेशिक बचतपत्र नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६ ६ महिनामा ब्याजदर प्राप्त हुनेछ
यो वचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्नेछन् ।
नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ १८ गतेदेखि असार ६ गतेसम्मका लागि बैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री गर्न लागेको हो ।
उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार १३ गते हुने छ ।
यस्तो छ राष्ट्र बैंकले निकालेको सूचनाः