एआईजी बढुवा विरुद्धको मुद्दा जेठ ३० मा सुनुवाइ हुने

होमल्याण्ड खबर

२०७९ जेष्ठ १७ गते, मंगलवार १६:५३ मा प्रकाशित

पाल प्रहरीको आईजीपी नियुक्ति र एआईजी बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो ।