२ चैत्र २०८२, सोमबार
बाजुरामा सत्ता पक्षले स्थानीय तहको चुनावमा धाँधली गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले प्रमुख निर्वाचन आयुक्त दिनेश थलिया र गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा माग गरेका छन्।
एमाले सांसद लालबहादुर थापाले मंगलबार संसदमा बाजुराको बुढीगंगा नगरपालिकामा धाँधली गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको भन्दै राजीनामा माग गरिरहेका हुन्। उनले निर्वाचन आयुक्त शगुन शमशेर राणाले दिएको प्रतिवेदन विपरीत निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलिया र राज्य शक्तिको प्रयोग गरेर धाँधली गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।


थापाले पुनः मतदानको निर्णय बदर गरेर तत्काल मतगणनाको माग गरे।