१२ घण्टा बित्दा पनि राजमार्ग खुलेन, यात्रुलाई सास्ती

होमल्याण्ड खबर

२०७९ जेष्ठ २६ गते, बिहीबार १२:५९ मा प्रकाशित

चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।