१२ घण्टापछि खुल्यो काठमाडौं-मुग्लिन सडक

होमल्याण्ड खबर

२०७९ जेष्ठ २६ गते, बिहीबार १४:२६ मा प्रकाशित

पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक १२ घण्टाको अवरोधपछि खुलेको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक खुलेको हो ।

बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो ।

बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ बजे हटाइएकाले अहिले दुईतर्फी नै सवारी चलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।