नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता हुँदै

होमल्याण्ड खबर

२०७९ जेष्ठ २७ गते, शुक्रबार १५:१५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच आज मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकको मर्जर सम्झौताको प्रकृया अन्तिम चरणमा पुगेको छ ।बैंकको प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । १००ः९० को स्वापको लागि प्रारम्भिक सहमति भएको हो । हालसम्मको सहमति अनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहनेछ ।

यस्तै, अध्यक्ष र सीईओ पनि इन्भेष्टमेन्ट कै रहनेछन् । अन्य सञ्चालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्नेछन् । यसअघि हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको इन्भेष्टमेन्ट बैंकको मर्जर प्रकृया बीचमै गएर टुटेको थियो । सोही कारण हाल नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा छ । अब बैंकले अन्य बैंकलाई प्राप्ति गरेपछि मात्रै राष्ट्र बैंकको कारबाहीबाट मुक्त हुनेछ ।