पारसले लिए पहिलो विकेट

होमल्याण्ड खबर

२०७५ भाद्र १३ गते, बुधबार १२:५६ मा प्रकाशित

एसिया कप छनोटमा नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो विकेट गुमाएको छ ।

नेपालकालागि कप्तान पारस खड्काले पहिलो विकेट लिएका छन् । उनले ओपनर लियसको विकेट लिएका छन् ।

२ सय २२ रनको लक्ष्य पछ्याएको ओमानले १० ओभरको समाप्तिमा १ विकेटले गुमाएर ४१ रन बनाएको छ ।