२ चैत्र २०८२, सोमबार
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका उमपहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।


केही दिन अघि बसेको पार्टीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समीक्षा गर्न सबै प्रदेशमा सचिवालय सदस्यलाई खटाएर वास्तविक वस्तुस्थिति संकल गरी समीक्षा गर्ने निर्णय गरेको थियो ।