२४ जेष्ठ २०८३, आईतवार
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता भएको छ। ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालका अनुसार बिहीबार बिहान बैंक अफ काठमाण्डूलाई खरिद गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहनेछ।
मर्जरपछि बन्ने बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेछन्। मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। अहिले पनि ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो।

