५१ किलो हेरोइनसहित सात अफ्रिकी महिला पक्राउ

होमल्याण्ड खबर

२०७९ असार २ गते, बिहीबार १६:४४ मा प्रकाशित

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठुलो परिणामको लागुऔषधसहित सात जना विदेशी महिलालाई पक्राउ गरेको छ एक अर्ब २ करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइनसहित दक्षिण अफ्रिकी नागरिकहरु सात जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

नेपालबाट भारत हुँदै तेस्रो देश सम्म लैजान त्रिभुवन विमानस्थलबाट ल्याइएको हो । प्रहरीले गत जेठ २६ गतेदेखि ३१ गतेसम्म एक साताको अवधिभित्र ५१ किलो हेरोइन बरामद गरेको जनाइएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले लागुऔषधको पुर्ण विवरणको बारेमा जानकारी दिएको हो ।