एसपीपी सम्झौता केपीले नै गरेका हुन्: वामदेव गौतम

होमल्याण्ड खबर

२०७९ असार ३ गते, शुक्रबार १३:१५ मा प्रकाशित

राष्ट्रियसभा सदस्य वामदेव गौतमले हालको विवादित अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम ९एमसपीपी० एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदैखेरी नै भएको आरोप लगाएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्रियसभा बैठकमा उक्त सम्झौता ओलीले नै अघि बढाएको जिकिर गरे । तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको तर ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको अध्ययनले देखाएको उनले उल्लेख गरे ।

हाल एमाले तथा केपी ओलीले यो सम्झौता शुशील कोइरालले गरेको भनेर तथ्यहीन तर्कगरिरहेको उनले आरोप लगाए ।

गौतमाले ओलीप्रति लक्षित गर्दै आफू नै प्रधानमन्त्री रहेको बेला भएका सम्झौतालाई आफ्नो संलग्नता नरहेका भनेर भन्न गौरजिम्मेवार भएको बताए ।
शुशील कोइराला नेतृत्वको सरकारका बेला आफू पनि सरकारमा रहेको बताउदै उनले त्यो कालमा यो सम्झौता नभएको स्पष्ट पारे ।

हालको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी सम्झौताबारे संसदमा जवाफ दिनुपर्ने गौतमको भनाइ छ ।