कार्यव्यस्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री देउवा नजाने

होमल्याण्ड खबर

२०७९ असार ५ गते, आईतवार १०:५२ मा प्रकाशित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। समितिले आजको बैठकमा सहभागी हुन बोलाए पनि देउवा समितिमा नजाने भएका हुन्।

प्रधानमन्त्री आउन नभ्याउने जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल निरौलाले जानकारी दिइन्। बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई पठाउने जानकारी प्राप्त भएपछि प्रधानमन्त्रीसँग नै छलफल गर्ने गरि त्यो कार्यसूची हाललाई स्थगित गरिएको खरेलको भनाइ छ।

उनले भनिन्, प्रधानमन्त्री देउवा कार्यव्यस्ताको कारणले बैठकमा उपस्थित नहुने जानकारी गराएपछि हाललाई त्यो कार्यसूची हटाएका छौं, अन्य विषयमा छलफल हुन्छ।’

यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई समितिले बोलाएर छलफल गरेको थियो।