८ मंसिर २०८१, शनिबार
सामसङ नेपालले दाङको घोराहीस्थित मैत्री टोलमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । घोराही स्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ नेपालका सर्भिस म्यानेजर राजन भट्टराई तथा आइ एम एस केयर सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका थिए ।
बिक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखि सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले यसअघि काठमाडौं उपत्यकाभित्र (सुन्धारा, पाको, कमलादी) जावलाखेलमा, गोंगबू तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल, झापा, दाङमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।