जग्गाको धितो रोक्का गर्ने निर्णय लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

होमल्याण्ड खबर

२०७९ असार ६ गते, सोमबार १७:०८ मा प्रकाशित

सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

जग्गाको वर्गीकरण गर्ने आधारको रूपमा रहेको भनिएको भूउपयोग नियमावली, २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण भइसकेको नदेखिएको हुनाले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भएकाले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरिएको हो ।