३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
२०७९ असार ७ गते, मंगलवार १६:०८ मा प्रकाशित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरु सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विनयराज गिरीसहित १२ जना कर्मचारी र ५ जना विचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेका थिए । कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्माले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीलाई अख्तियारी प्रदान गरेका थिए ।


साथै उनीहरुको अख्तियारीअनुसार मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, करार सेवाका कम्प्युटर अपरेटरहरु प्रकाश कार्की, रेजु भट्टराई, रोसन राजभण्डारी, श्याम सुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठले आफ्नो जिम्मेवारीको दुरुपयोग गरी आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को श्रावण र भाद्र महिना गरी १४ महिनाको अवधिमा विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धव बहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेका थिए ।
अख्तियारले उनीहरुमाथि आवश्यक कारबाही र जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो ।

होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2026 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology

