काठमाडौंपछि ललितपुरका २ जनामा पनि हैजा पुष्टि

होमल्याण्ड खबर

२०७९ असार ८ गते, बुधबार ११:१९ मा प्रकाशित

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।

केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।