२ चैत्र २०८२, सोमबार
मुद्दाको सेटिङका लागि न्यायाधीशसँग दुई करोड रूपैयाँको घुस डील गर्ने वकिल रुद्रप्रसाद पोखरेलले आफैंलाई निलम्बन गरेको जनाएका छन् ।
ुहाललाई म नेपाल बार एशोसिएसन सदस्यको हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु,ु उनले फेसबुकमा लेखेका छन्, कानून व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु ।

