एकीकृत समाजवादी बैठक: मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड

होमल्याण्ड खबर

२०७९ असार ९ गते, बिहीबार १४:२७ मा प्रकाशित

एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ । बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’

उनका अनुसार भोलि शुक्रबार पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।