९ मंसिर २०८१, आईतवार
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो। युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् ।
यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।