९ मंसिर २०८१, आईतवार
मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । पहिलो खेलमा ओमानविरुद्ध एक विकेट पनि नलिएका सन्दीप लामिछानेले युएईविरुद्ध भने निकै रामभ्रो बलिङ गरेका छन् ।
सन्दीपले ४ विकेट लिएका छन् । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् ।
युएई ओमानभन्दा सशक्त देखिएको छ ।
पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो । युएईले सिंगापुरलाई २१५ रनले हराएका थियो ।
नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।
बिहिबार सिंगापुरले हङकङसंग र आयोजक मलेसियाले ओमानसंग खेलिरहेको छ ।