२ चैत्र २०८२, सोमबार
सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरबैजानतर्फ प्रस्थान गरेका छन् ।
अजरबैजानको संसदको आयोजनामा २०७९ असार १६-१८ १६-१८ (June 30 – July 2, 2022) सम्म Baku, Azerbaijan मा हुन गइरहेको Non Aligned Movement Parliamentary Network को सम्मेलनमा – संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाज्यूको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल आज मंगलवार बिहान ११स्१५ मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।


प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका माननीय सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका माननीय सदस्य रामचन्द्र राई र सम्माननीय सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।
उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमाStatute on working modalities of the Non Aligned Movement Parliamentary Network अनुमोदन गर्ने तथा Baku Declaration जारी गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा जाने प्रतिनिधि मण्डलका सहभागीलाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाई गरेका थिए ।
प्रतिनिधिमण्डल २०७९ असार १९ गते आइतबार बेलुका नेपाल फर्कने समय तालिका रहेको छ ।