२ चैत्र २०८२, सोमबार
सत्ता गठबन्धनमा रहेकाे दल जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी थालेको छ । जसपाको संस्थापन पक्ष (उपेन्द्र यादव समूह) ले मन्त्री हेरफेरको तयारी थालेको हो ।
पार्टीभित्रै मतभेद बढेपछि डा. बाबुराम भट्टराई पक्ष भने अलग हुने तयारीमा छ । तर संस्थापन पक्ष भने भागबण्डा मिलाउन मन्त्री हेरफेरमा लागेको हो । मूलतः जसपाको बाबुराम पक्षमा रहेका कृषिमन्त्री महेन्द्र राय यादवलाई हटाएर नयाँ मन्त्री पठाउने संस्थापन पक्षको तयारी रहेको बुझिन्छ । उनलाई हटाएमा अन्य मन्त्री पनि फेरिने बताइएको छ ।


सोमबार साँझ बोलाइएको कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक लामा संस्थापन पक्षका २० जना सदस्यहरु उपस्थित रहेको बताइएको छ । आगामी संसदीय तथा प्रदेश सभा चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेरबारे छलफल भएको स्रोतले जनायो ।
यसअघि सत्ता गठबन्धनमा रहेकाे नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरिसकेकाे छ ।