२ चैत्र २०८२, सोमबार
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।
नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताए ।


बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९र८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाए ।
बजेटमाथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उनले यो संसदीय अभ्यास, विधि कानूनविपरीत भएको जिकिर गरे । उनले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिए ।