ओली भेटन बालकोट पुगे बामदेव गौतम

होमल्याण्ड खबर

२०७९ असार १६ गते, बिहीबार १२:४० मा प्रकाशित

नेपालका कम्युनिष्ट पार्टीहरु वीचको एकतामा जोड दिँदै आफ्नै नेतृत्वमा अलग्गै नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा गरेका नेता बामदेव गौतम एमालेका अध्यक्ष केपी ओली भेटन बालकोट पुगेका छन् । ओलीसँग दोस्तनापूर्ण सम्वन्धमा रहेका गौतम कम्युनिष्ट पार्टीहरु वीचको एकताको प्रस्ताव लिएर बालकोट पुगेको बताईएको छ ।

ओली भेटन गौतम केही बेर अगाडी मात्रै बालकोट पुगेको ओलीको नीजि सचिवालयले जनाएको छ । एकता राष्ट्रियअभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पनि ओलीसँगको वार्ताको लागि बालकोट पुगेको पुष्टि गरे । बामदेवको पार्टीको केन्द्रीय समिति बैठकले कम्युनिष्ट पार्टीका नेताहरुसँगको राजनीतिक संवादका लागि गौतमलाई सर्वाधिकार अधिकार दिएको थियो ।

सक्दा पार्टी एकता, नभए वाम मोर्चा र त्यो नभए चुनावी कार्यगत एकता गर्ने प्रस्ताव लिएर गौतम ओली भेटन बालकोट पुगेका हुन् । वान अन वान भेटका लागि संयोजक गौतम जाने र कही दुई भन्दा वढी नेताहरुका वीचमा सम्वाद गर्नु परे अन्य नेताहरु पनि सहभागी हुने पार्टी निर्णय अनुसार गौतम ओली भेटन बालकोट पुगेको प्रचार विभाग प्रमुख पाण्डेले  जानकारी दिए ।