ओलीलाई भेट्न बालकोट पुगे वामदेव गौतम

होमल्याण्ड खबर

२०७९ असार १६ गते, बिहीबार १४:१९ मा प्रकाशित

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् ।

ओलीसँगको भेटमा पार्टी विभाजन गर्नु गलत भएको गौतमले स्वीकार गरे ।