प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र बनाउछौँ : सञ्चारमन्त्री कार्की

होमल्याण्ड खबर

२०७९ असार १६ गते, बिहीबार १६:१२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल गरिहेको बताए । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

‘१० वर्षमा नेपाली फिल्म उद्योग दक्षिण एसियाको समृद्धमध्येमा पर्नेछ,’ उनले भने, ‘त्यसका लागि सहयोग गर्न सरकार तत्पर छ ।’

कार्यक्रममा विभिन्न ६३ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मी पचिरयपत्र समेत प्रदान गरिएको थियो ।