११ मंसिर २०८१, मंगलवार
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा शुरू भएको छ ।
सम्मेलन शुरू हुनुपूर्व आजै राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोजको आयोजना गरेकी थिइन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित भोजमा सातै देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको उपस्थिति थियो ।
बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सङ्गठनका सहायताका क्षेत्रहरुको प्राथमिकता निर्धारण गर्दै तिनलाई समग्र बिमस्टेक भेगको आर्थिक उन्नयनमा केन्द्रित गर्नुपर्नेमा मतैक्यता प्रकट गरेको छ । रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्रमा सङ्गठनको सहायता बढाउनु अपरिहार्य भएको स्वीकार गर्दै बैठकले विकासका अथाह सम्भावनायुक्त बिमस्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास गर्ने दृढता व्यक्त गरेको छ ।
बुधबारको बैठकले सङ्गठनका गतिविधिलाई पूर्णरुपमा कार्यान्वय गर्न बैठकले सशक्त कदम चाल्न सहमति जनाएको छ ।