कीर्तिपुरमा भिनाजुबाट साली बलात्कृत

होमल्याण्ड खबर

२०७९ असार १९ गते, आईतवार १०:३० मा प्रकाशित

काठमाडौंको कीर्तिपुर नगरपालिका ६ मा भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ ।

बलात्कृत नाबालिग छिन् । कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।