९ मंसिर २०८१, आईतवार
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । नेप्से परिसूचक २०८६ अंकमा पुगेको छ । कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो । बजारका सबै सूचक बढेका छन् । आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ ।
जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ । यसैगरी, व्यापार समूहमा १७४ अंकको र जीवन बीमा समूहमा १७० अंकको सुधार आएको छ ।
बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह सूचक १७४ अंक बढे । कुल १७६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ५ को स्थिर रह्यो । साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी र मध्यभोटेकोसीको मूल्य साढे ९ प्रतिशत धेरैले बढ्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया र नेपाल पुनर्बीमा कम्पनी क्रमशस् अगाडि रहे ।