३० बैशाख २०८३, बुधबार
नेविसंघ पश्चिमाञ्चल क्याम्पसद्वारा आयोजित मेडिकल साइन्स रोट्रयाक्ट क्लबको संयोजकत्वमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसद्वारा मिति २०७९र०३र१८ गतेका दिन मणिपाल कलेज अफ मेडिकल साइन्स रोट्रयाक्ट क्लबको संयोजकत्वमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर,गण्डकी प्रदेश भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री माननीय कुमार खड्काजीको प्रमुख आतिथ्यता,नेपाल ईन्जिनियरर्स एशोसियसन गण्डकी प्रदेश सभापति आदरणीय ईन्जिनियर वृजेन्द्र केसी ज्यूको विशिष्ट आतिथ्यता,मेडिकल कलेजका डाक्टर रमेश तिवारी डाक्टर सुस्मिता खर्ग एवम् रोट्रयाक क्लब सभापति रन्जना केसीको विशेष आतिथ्यतामा सुसम्पन्न भएको हो।
उक्त कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस २९औं कार्यसमितिका सभापति आदर्णीय प्रदिप पनेरुले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको संचालन सचिव दिवाकर कर्णले गर्नुभएको थियो,साथै शुभकामना मन्तव्य उपसभापति सुमन भट्टराईले दिनुभएको उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी वर्गको सक्रिय सहभागिता रहेको थियो।


माननीय मन्त्रीज्यू लगायतको अतिथि मण्डलले दीप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गर्नुभयो र मन्त्रीज्यू एवं अतिथिहरूले समेत स्वास्थ्य शिविरको प्रत्क्षय लाभ उठाउनुभएको थियो। स्वास्थ्य नै सम्पूर्ण विद्यार्थीको पहिलो धन भएको र यसलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका पश्चिमाञ्चल क्याम्पस निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा सम्पुर्ण विद्यार्थी एवं स्वास्थ्य स्वयंसेवकमा माननीय मन्त्रीज्यूले शुभकामना व्यक्त गर्नुभयो भने इन्जिनियर वृजेन्द्र केसी ज्यूले समेत शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाई आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने कुरा औल्याउनु भयो।
मौसमको प्रतिकूलता अविरल वर्षा र क्याम्पस विदाको दिनको बाबजुद सञ्चालन गरिएको यस स्वास्थ्य शिविरमा करिब ५ण्ण् जना विद्यार्थी शिक्षक कर्मचारी तथा स्थानीयहरु प्रत्यक्षरुपमा लाभान्वित भएका थिए।
कार्यक्रमको अन्त्यमा सम्पूर्ण स्वास्थ्य स्वयंसेवक लाई नेपाल बिद्यार्थी संघ पश्चिमाञ्चलको क्याम्पसको तर्फबाट आदरणीय सभापति प्रदिप पनेरु र उपसभापति सन्देश पोखरेलले कदरपत्र वितरण गर्नुभयो भने रोटर्याक्ट क्लबको सभापति रञ्जना केसीले मायाको चिनो वितरण गर्दै कार्यक्रम संचालन गर्न सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभयो।
र अन्त्यमा सभापति प्रदिप पनेरुले सम्पूर्ण विद्यार्थी,स्वास्थ्य स्वयंसेवकहरुमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम सञ्चालन गर्ने वाचा र नेपाल विद्यार्थी संघ सदैव विद्यार्थी हकहितका लागि अग्रपङ्त्तिमा रही काम गर्नेछ भन्ने प्रतिबद्धताका साथ कार्यक्रमको समापन गर्नुभएको थियो।