जनशक्ति थपेर काठमाडौं महानगरको सरसफाइ सुरु

होमल्याण्ड खबर

२०७९ असार २१ गते, मंगलवार १२:१६ मा प्रकाशित

काठमाडौँ महानगर क्षेत्रको सरसफाइ सुरु गरेको छ । महानगरले थप जनशक्ति परिचालन गरेर वातावरणीय सुधारका लागि काम गरिरहेको हो। महानगरले अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, वर्षे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेको महानगरले जानकारी दिएको छ। थप जनशक्तिले महानगरको सरसफाइमा राम्रो नतिजा देखिन थालेको छ।