२४ जेष्ठ २०८३, आईतवार
एन आई सी एशिया बैंकले तनहुँको बन्दीपुर गाउँपालिका १ डुम्रेमा आफ्नो शाखा विस्तार गरेको छ ।
शाखा कार्यालयको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरेका छन् ।


बैंक मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।