अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन

होमल्याण्ड खबर

२०७९ असार २१ गते, मंगलवार १७:१४ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन रु जुगाँ कालो मन, देश डुबाउने मै हो भन १’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।