सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

होमल्याण्ड खबर

२०७९ असार २२ गते, बुधबार ११:१० मा प्रकाशित

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।