आजदेखि साझा यातायातका विद्युतीय बस सञ्चालनमा आउने

होमल्याण्ड खबर

२०७९ असार २३ गते, बिहीबार ११:१७ मा प्रकाशित

साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजदेखि सञ्चालनमा आउने भएका छन्।

पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका बताइएकाे छ।

साझा यातायातले विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने भएको छ। साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।

जसमा चिनियाँ कम्पनी सीएचटीसीका बस खरिद सम्झौता गरेको छ। त्यसमध्ये ३ वटा बस परिक्षणका लागि नेपाल आइसकेका छन्।