कामना सेवा विकास बैंकको ‘K S Digi World’ सार्वजनिक

होमल्याण्ड खबर

२०७९ असार २३ गते, बिहीबार १४:१६ मा प्रकाशित

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल प्क् म्ष्नष् ध्यचमि सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२ गते मङ्गलबारका दिन प्क् म्ष्नष् ध्यचमि सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहक महानुभावहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा मष्नष्धयचमि।पबmबलबकभधबदबलप।अयm मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।प्क् म्ष्नष् ध्यचमिमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।