३० बैशाख २०८३, बुधबार
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पास गरेको छ।
बिहीबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकले सो विधेयक पास गरेको हो। विधेयकको ५ वटा दफामा संशोधन भएको थियो। जसमा दफा ९२० नेपाल प्रहरीले अनुसन्धान गर्ने विषयमा अध्यागमनसम्बन्धी कसुर रहेको थियो।


अध्यागमनको कार्य नेपाल प्रहरीबाट नै हुनुपर्ने गरी विधेयक पास गरिएको समितिका सचिव बविता मिश्रले बताइन्। उनले काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्ने गरी विधेयक पास गरिएको बताइन्।