संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते

होमल्याण्ड खबर

२०७९ असार २४ गते, शुक्रबार १६:१० मा प्रकाशित

जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको मलामी लिएर पिलुवा खोला गएको ट्याक्टर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको तुम्लिङटारस्थित मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ ।

ट्याक्टरमा ४४ जना भन्दा बढी सवार रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।