९ मंसिर २०८१, आईतवार
एसिया कप छनोटको चौथो खेलमा सिंगापुरले नेपालसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर सुरुवाती व्याटिङ गरेको सिंगापुरले ४२ औ ओभरमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।
चेतन रामचन्द्रले सर्वा्धिक ६० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३्३ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो ।
एसिया कपमा छनोट हुने सम्भावना जिवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल ३ खेलको समाप्तिमा मात्र २ अंक जोडेको छ ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल आज कमजोर मानिएको सिंगापुरलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।
उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो । र, सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल छनोटको फाइनलको लागि बलियो दाबी पेश गर्न चाहन्छ ।
यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । यता, सिंगापुर नेपाललाई हराएर पहिलो जितको खोजीमा रहेको छ ।
तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।
एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई सिंगापुरविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले दुई अंक जोडेको छ ।
तर, अन्य खेलको नतिजा आफू अनुकुल आएमा नेपालको सम्भावना भने रहन्छ ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।
लिगको शीर्ष स्थानमा अपराजित ओमान रहेको छ । ओमानको ६ अंक छ । यस्तै हङकङको ४ अंक रहदा यूएइले पनि ४ अंक जोडेको छ । मलेसिया र नेपालको खातामा दुई अक छ । सिंगापुर अंकबिहिन रहेको छ ।
सिंगापुरविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले हार बेहोर्नु परेको छैन । यस्तोमा नेपालले आजपनि सिंगापुरलाई हराउने अड्कल काटिएको छ । जारी प्रतियोगिताको प्रदर्शन हेर्नेहो भने नेपालले सहजै हराउनेछ ।
सन् २००८ (एसीसी एलिट ट्रफी) स् नेपाल ६ विकेटले विजयी
सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन(५) स् नेपाल १६ रनले विजयी
सन् २०१० (एसीसी एलिट ट्रफी) स् नेपाल २१ रनले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन(४) स् नेपाल ५ विकेटले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन(३ ) स् नेपाल १९० रनले वि