सांसदले उठाएका विषयको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

होमल्याण्ड खबर

२०७९ असार २७ गते, सोमबार १३:३७ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका थिए । आजको बैठकमा पनि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक, राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपदका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुख सापकोटाले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।