एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ असार २८ गते, मंगलवार १०:४६ मा प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चार दिने नेपाल भ्रमणमा रहेका जियान्चाओले मंगलबार बिहान बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा ईश्वर पोख्रेल, प्रदिप ज्ञवाली , बिष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरु सहभागी छन् ।

आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।