९ मंसिर २०८१, आईतवार
हिमालयन हाइड्रोपावरकोले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलप्रथाबाट बाँडफाँट गर्दा स्वीकृत आवेदकमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको बिक्रि प्रबन्धकले जनाएको छ । यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ कित्ता सेयर सोहीमध्ये १० कित्ताभन्दा बढीको लागि आवेदन दिने २ जनाले २ आवेदकले थप एक कित्ताका दरले गरी ११ कित्ता प्राप्त गरेको छन् ।
उक्त आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकले आवेदन दिएका थिए । जसमा १ हजार ६११ आवेदन रद्द भएर १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोल आईएमई क्यापीटलले जनाएको छ ।