२ चैत्र २०८२, सोमबार
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता जारी छ। बिहान १० बजे ओली निवास बालकोट पुगेका चिनियाँ नेताहरुको टोलीसँगको वार्ता अहिले पनि जारी छ ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार खाना खाएर पुनः वार्ता जारी छ। चिनियाँ नेताहरुसँग वार्ताका लागि ओलीसँगै एमाले नेताहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्। त्यस्तै विदेश विभाग प्रमुख डा राजन भट्टराई पनि सहभागी छन्। उक्त वार्तामा उषाकिरण भण्डारी, अञ्जान शाक्य र कृसा केसी पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ।

