यस्तो छ कांग्रेसको मर्यादाक्रम (सूचीसहित)

होमल्याण्ड खबर

२०७९ असार २८ गते, मंगलवार १७:२८ मा प्रकाशित

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति पार्टी मर्यादाक्रम निर्धारण गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको हो ।

बैठकले सभापतिदेखि साधारण सदस्य गरि १२१ जनाको मर्यादाक्रम प्रस्ताव गरेको छ । मर्यादाक्रमको पहिलो स्थानमा सभापति, दोस्रोमा पूर्व केन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौँथोमा पूर्वप्रधानमन्त्री समेटिएको छ ।

यस्तै त्यसपछि क्रमश: संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्व नेता, केन्द्रीय पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रियसभा दलका नेता, प्रदेश सभापति, केन्द्रीय आमन्त्रित सदस्यलगायत रहेका छन् ।

मर्यादाक्रमको अन्तिम स्थानमा क्रियाशील सदस्य र साधारण सदस्य रहेका छन् भने ३८ औँ नम्बरमा महानगर प्रमुखको मर्यादाक्रम रहेको छ ।