२ चैत्र २०८२, सोमबार
प्रतिनिधि सभाको उपसभामुखका लागि भोलि चुनाव हुँदैछ । आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार हुन चाहनेले उम्मेदवारी दर्ता गर्न सक्ने गरी संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई उपसभामुख उम्मेदवार बनाउने भएको छ। स्वयम भुसालले पनि आफु गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार बन्न् लागेको बताइन् । ‘मैले उममेदवारी दर्ता गदैछु उपसभामुखमा, सत्ता गठबन्धनका तर्फबाट सवै दलको साझा उम्मेदवारका रुपमा मेरो उम्मेदवारी दर्ता हुन्छ,’ भुसालले भनिन् ।


तर सत्ता गठबन्धन वाहिरबाट भुसालसँग प्रतिस्पर्धा गर्ने उपसभामुखको उम्मेदवार को ? अहिलेसम्म छेकछन्द देखिएको छैन । संसदको सवैभन्दा ठूलो दल नेकपा एमालेले यस विषयमा के गर्ला ? उम्मेदवार मनोनयन दर्ताको समय नजिक आईसक्दा पनि उसले निर्णय गरेको छैन । पार्टी अध्यक्ष केपी ओलीले यस विषयमा उपनेता समेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए । तर छलफलले कनै उम्मेदवारीका विषयमा टुग्गो लगाएको छैन ।
सत्ता गठबन्धन वाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतसँग यस विषयमा छलफल गर्ने र अन्तिम निर्णय अध्यक्ष ओलीले गर्ने गरी नेताहरु अनौपचारिक छलफलबाट उठेका थिए । एमाले स्रोतका अनुसार, एमालेले उपसभामुखमा आफ्तो पार्टीबाट भन्दा पनि लोसपाले चाहेमा उसलाई उम्मेदवार बनाएउर सहयोग गर्ने सोच बनाएको छ ।