रेणु यादवद्वारा जसपा परित्याग

होमल्याण्ड खबर

२०७९ असार ३० गते, बिहीबार १७:१३ मा प्रकाशित

जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

जसपाकी संस्थापक नेतृ यादवले व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहन नसक्ने भन्दै सबै जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमार्फत जनाएकी छन् ।

जसपामा उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले अलग(अलग बैठक बोलाएर पार्टी विभाजनको तयारी भइरहेका बेला कार्यकारिणी समिति सदस्य तथा सांसद यादवले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

उनी आफूलाई सरकारबाट फिर्ता बोलाएकोमा उपेन्द्र यादवसँग असन्तुष्ट थिइन् । उपेन्द्रसँग घनिष्ठ सम्बन्ध रहे पनि उनले पार्टीभित्र आफूमाथि अन्याय भएको बताउँदै आएकी थिइन् ।

रेणु दुवै पक्षको बैठकमा पनि सहभागी भएकी थिइनन् । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमदेखि नै उनी सँगै थिइन् ।