९ मंसिर २०८१, आईतवार
एसिया कप छनोट अन्तर्गत सिंगापुरविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटको रुपमा सुवास खकुरेललाई १४ रनमा गुमाएको हो । यसअघि नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ११ रनमा गुमाएको थियो । सुवास र कप्तान पारस १४ औं ओभरमा आउट भएका हुन् ।
त्यस्तै नेपालले पहिलो विकेटको रुपमा अनिल कुमार साहलाई ४३ रनमा गुमाएको थियो ।
सिंगापुरले नेपाललाई जितका लागि १५२ रनको लक्ष्य दिएको थियो ।