२ चैत्र २०८२, सोमबार
गभर्नर महाप्रसाद अधिकारीविरुद्ध विद्यार्थी संगठनले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ।
गभर्नर अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ ९नेविसंघ० र अखिल क्रान्तिकारीले बालुवाटारमा आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो।


गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्।
प्रदर्शनकारीले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा पििन लगाएका थिए। अहिले राष्ट्र बैक अगाडि प्रहरीको बाक्लो उपस्थिति छ।